सदनको अवरोध खुलाउन शीर्ष तीन दलको बैठक बालुवाटारमा जारी

292
0
Share:

काठमान्डौ/प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल सुरु भएको छ ।

 

सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुवै बैठक निर्णयमा पुग्न नसक्दा आज पुनः १० बजेको लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा नै छलफल केन्द्रित रहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरवार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षविहीन बनेको थियो ।

 

मंगलबार जारी बैठकमा संसदको गतिरोध अन्त्यको लागि थप छलफल मार्फत संसद सुचारु गर्ने सरकारको तयारी अनुसार दिउँसो ३ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो ।

Share: