Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड गायव ! – Lekhanpeeth

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड गायव !

426
0
Share:

काठमान्डौ/नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ । नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले बुधबार सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ ।

 

निर्देशनालयले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ ।

 

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न नेपाल निर्देशनालयले अनुरोध गरेको छ ।

Share: