एक लाख घुस रकमसहित नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

265
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीलाई एक लाख घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको छ ।

 

अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो । उनीसँगै उनको साथी गुरुदेव यादवलाई पनि अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

 

‘इन्जिनियर रमेशकुमार चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषा जिल्लाको सहिदनगर नगरपालिका–३ स्थित पशु सेवा केन्द्रको भवनबाट साउन २८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share: