Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता – Lekhanpeeth

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

413
0
Share:

काठमान्डौ/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह गरेको छ । परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको हो ।

 

२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

 

बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि ९पूरक० परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ । परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।

151692147601.jpg

Share: