एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

225
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् ।

 

बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन । कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । अन्य दलका सांसदहरुले भने झण्डै ४५ मिनेटसम्म एमालेका सांसदलाई समितिको बैठकमा कुरेका थिए । तर, एमाले सांसद उपस्थित नभएपछि समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक स्थगित भएको जानकारी दिए ।

 

समितिको सभापति चयन नगरिएकोले एमालेले बैठक बहिस्का गरेको जनाएको छ ।

Share: