Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डेँगु नियन्त्रण र जनताको जीवन रक्षा गर्ने जीम्मेवारी प्रदेश सरकारको हो : सासंंद ममता तामाङ – Lekhanpeeth

डेँगु नियन्त्रण र जनताको जीवन रक्षा गर्ने जीम्मेवारी प्रदेश सरकारको हो : सासंंद ममता तामाङ

Share:

काठमान्डौ/सांसद ममता तामाङ मगरले सुनसरी क्षेत्र-१ मा फैलिरहेको डेँगु महामारीको नियन्त्रण गर्न प्रदेश सरकारलाई आग्रह गरेकी छन् । तामाङले आज बसेको कोशी प्रदेश सभाको बैठकमा डेँगु प्रभावित क्षेत्रको पहिचान गरेर उपचारमा ध्यान दिन सभामुखमार्फत प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेकी हुन् ।

 

धरान-१६ का ९ वर्षीय कैलाश राइ (लक्ष्मण) र बराहक्षेत्र नगरपालिका-१ की २२ वर्षीया सुरुचि शाहको डेँगुकै कारण ज्यान गएको उल्लेख गर्दै उनले डेंगी नियन्त्रण र जनताको जीवन रक्षा गर्ने जीम्मेवारी प्रदेश सरकारको रहेको बताइन् । उनले भनिन्,’हामारीलाई नियन्त्रण गर्दै जनताको जीवन रक्षा गर्नु प्रदेश सरकारको जिम्मेवारी हो ।’ उनले महामारी भएको क्षेत्रलाई पहिचान गरी उक्त क्षेत्रलाई संकटकाल घोषणा गरी तत्काल उपचारको व्यवस्था मिलाउन समेत स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेकी छन् ।

 

धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा डेँगु महामारी धेरै फैलिएको कारण प्रभावकारी ढंगले यसको नियन्त्रण गर्न प्रदेश सरकार लाग्नुपर्ने उनले बताइन् । उनले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै र्डेँगु संक्रमित भइ उपचाररत सबैको स्वास्थ्य लाभको कामना गरिन् ।

 

त्यस्तै तामाङले बराहक्षेत्र, हेटौंडा, इटहरी हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडक स्थित बराहक्षेत्रको बाघ खोलामा पुल निर्माण नहुँदा जनताले बर्षौदेखी दुस्ख,कष्ट भोग्नुपरेको पुल निर्माण नभएकै कारण गत बर्ष खोलाले बगाएर एकजना बच्चाको मृत्यु भएको जानकारी गराउँदै उनले सो पुल निर्माणको लागि ठेक्का भएको १ बर्ष भइसकेको र ठेक्काको अवधी तीन बर्ष मात्र तोकिएकोले समयमा नै उक्त पुल निर्मांण गर्न सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

Share: