
काठमान्डौ/आज साता को पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । छापावाल सुन तोलाको एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो।