Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आरविवी सेक्युरिटिजले पायो धितोपत्र व्यवसायको अनुमति – Lekhanpeeth

आरविवी सेक्युरिटिजले पायो धितोपत्र व्यवसायको अनुमति

354
0
Share:

काठमान्डौ/आरविवी सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरिएको छ। नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवीलाई अनुमति पत्र प्रदान गरेको हो ।

 

२० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमै स्टक ब्रोकरको कारोबार सुरु गर्ने बैंकले जनाएको छ। हाल शहरीक्षेत्रमा सीमित धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामीण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताले पनि पुँजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ।

Share: