
काठमान्डौ/संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । बुधबार बिहान समाजिक सञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् ‘भखरै बुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो १ उप्रान्त बुबा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धाञ्जली !