Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अर्काे महिना आयोग गठन हुन्छः लेखक – Lekhanpeeth

अर्काे महिना आयोग गठन हुन्छः लेखक

327
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करीका विषयमा छानबिन गर्न आगामी असोज ५ गते सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन हुने जानकारी दिए ।

 

उनले यसअघि भएका सबै खालका सुन तस्करीको विषयमा सो आयोगले छानबिन गर्ने बताए । कानुनी रुपमा कुनै कमजोरी रहेको वा सुधार गर्नुपर्ने विषय भए त्यसका बारेमा समेत आयोगले सरकारलाई सुझाव दिने उनको भनाइ थियो । उनले आजको सहमतिपछि अब सङ्घीय संसद्को दुवै सदनको बैठक नियमित रुपमा सञ्चालन हुने जानकारी दिए।

 

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफूहरुले नियमित रुपमा उठाइरहेको उच्चस्तरीय छानबिन आयोगको गठनको माग सम्बोधन भएको बताए । उनले आयोग गठनपछि विगतका सबै खालका सुन तस्करीका विषयमा छानबिन हुने प्रतिक्रिया पनि दिए ।

Share: