Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक – Lekhanpeeth

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

290
0
Share:

काठमान्डौ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ ।

 

आज दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता शेयर ३२ हजार दुई सय ९८ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब १३ करोड आठ हजार ४४ मा पुगेको छ ।

 

आजको कारोबारमा व्यापार र होटेल तथा पर्यटन समूहको उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् । व्यापार समूह ३७ दशमलव ५५ र होटेल तथा पर्यटन ७२ दशमलव १५ अङ्कले बढेको बजारमा बैंक शून्य दशमलव ८३, विकास बैंक एक दशमलव ८८, वित्त चार दशमलव ७१, जलविद्युत् पाँच दशमलव ४३, लगानी शून्य दशमलव १३, जीवन बीमा नौ दशमलव ३२, उत्पादन ३६ दशमलव ६१, लघुवित्त १५ दशमलव ५४ र म्युचल फन्ड शून्य दशमलव शून्य सात, निर्जीवन बीमा तीन दशमलव ९३ र अन्य समूह छ दशमलव १४ अङ्कले घटेको छ ।

 

आजको कारोबारमा सिटी होटेलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता छ दशमलव ०२ प्रतिशतले घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको रु १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।

Share: