Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालले गुमायो पाँचौ विकेट – Lekhanpeeth

नेपालले गुमायो पाँचौ विकेट

280
0
Share:

काठमान्डौ/एशिया कप क्रिकेट अन्तरगत पाकिस्तानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाएको छ। १७ ओभरको खेल सकिँदा नेपालले ५ विकेटको क्षतिमा ८२ रन बनाएको छ। नेपाललाई पाकिस्तानले ३४३ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

 

सुरुका दुई ओभरमा तीन विकेट गुमाएको नेपालले चौथो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको छ। आरिफ २६ रन जोडेर बोल्ड भए। १७ औं ओभरको अन्तिम बलमा सोमपाल पनि क्याचआउट हुन पुगे। सोमपालले २८ रन बनाए।

 

खराब सुरुवात गरेको नेपालका लागि आरिफ र सोमपालले सम्हालिएर खेलिरहेका थिए। दुवै आउट भएपछि अहिले गुल्सन झा र दीपेन्द्र सिंह ऐरी कृजमा छन्।

Share: