आईसीसी महिला टी-ट्वान्टी क्रिकेट : आज नेपाल कतारसँग भिड्दै

157
0
Share:

काठमान्डौ/आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। आज मलेसियाको बांगीमा हुने खेल नेपाली समयअनुसार विहान ७ स्१५ बजे सुरु हुनेछ ।

 

आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ। लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तिनै खेलमा पराजित भएको छ। उसले अहिलेसम्म अंक जोड्न सकेको छैन्। आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो।

 

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ। युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

 

११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्। नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना हुनसक्छ।

 

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।

Share: