Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नक्कली नेपाली नोटसहित एकजना पक्राउ – Lekhanpeeth

नक्कली नेपाली नोटसहित एकजना पक्राउ

253
0
Share:

काठमान्डौ/काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमान्डौ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

 

उनका अनुसार काठमान्डौ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रू एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई आज काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमान्डौ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । ‘काठमान्डौ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पराजुलीलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको छ’, उनले भने ।

Share: