Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक – Lekhanpeeth

चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक

Share:

काठमान्डौ/यही असोज १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट लामो ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को कथा पौराणिक रहेकाले पनि दशैंको आसपासमा रिलिज गर्न लागेको जानकारी निर्माण टीमले दिएको छ ।

 

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

 

फिल्ममा विनोद सापकोटाको छायांकन, रवि केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रवीण ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ ।

 

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Share: