Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री दाहाल स्वागत समारोहमा सहभागी – Lekhanpeeth

प्रधानमन्त्री दाहाल स्वागत समारोहमा सहभागी

255
0
Share:

काठमान्डौ/मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रिभोजमा सहभागी भएका छन्।

 

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलमा सहभागी नेपाली प्रतिनिधिमण्डलको स्वागतमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गरेका सो समारोहमा प्रधानमन्त्री दाहाल सहभागी भएका हुन् ।

 

त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरू, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, चीनमा रहेका नेपाली समुदायका व्यक्तिहरूका साथै चिनियाँ समुदायका नागरिकहरू पनि सहभागी भएका थिए ।

 

राजदूत श्रेष्ठले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको महत्त्वलाई बुझेर आफूले सो सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गरिरहेको बताएका थिए । उनले चीनले पछिल्ला दशकहरूमा गरिरहेको अद्वितीय विकास र प्रगतिको मोडलबाट सिकेर उसको समृद्धिबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा काम गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री दाहालले आइतबार आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

Share: