Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्दै – Lekhanpeeth

प्रधानमन्त्री प्रचण्ड चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्दै

215
0
Share:

काठमान्डौ/चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्त्वपूर्ण भेटवार्ता गर्दैछन्।

 

प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ समकक्षी (चिनियाँ प्रधानमन्त्री) लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

 

प्रधानमन्त्री प्रचण्डले सोमबार चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। बेइजिङमा भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

 

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

Share: