Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चार देशका राजदूतले लिए सपथ – Lekhanpeeth

चार देशका राजदूतले लिए सपथ

344
0
Share:

काठमान्डौ/विभिन्न चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

 

सरकारले फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदीलाई नियुक्त गरेको थियो।

 

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूले शपथ लिएका हुन्। कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ लगायत उच्च अधिकारीहरू समेत उपस्थित थिए।

Share: