Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
१९औँ एसियाली खेलकुद : एरिकाले जितिन् रजत – Lekhanpeeth

१९औँ एसियाली खेलकुद : एरिकाले जितिन् रजत

411
0
Share:

काठमान्डौ/चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालकी एरिका गुरुङले रजतपदक जितेकी छन् ।

 

एरिकाले महिला ६८ केजी तौल समूहमा हङकङकी यान काइ होलाइलाई ८–४ ले पराजित गर्दै फाइलनमा स्थान बनाएसँगै रजत पक्का गरेकी थिइन् । स्वर्णपदकका निम्ति उनले कजाखस्तानकी सोफ्या बेर्लुस्सेभाको चुनौती भने पन्छाउन सकिनन् । उनी बेर्लुस्सेभासँग ३–० ले पराजित भइन् ।

 

जारी एसियाडमा नेपाली खेलाडीले जितेको यो दोस्रो पदक हो । यसअघि, महिला कबड्डी टोलीले ‘डेब्यु’मै ऐतिहासिक कास्यपदक जितेको थियो । एसियाली खेलकुदको इतिहासमा नेपालले तेस्रोपटक रजतपदक जितेको हो । एसियाली खेलकुदमा नेपालले कराँतेमा भने पहिलो रजत जितेको छ । यसअघि, तेक्वान्दोबाट सविता राजभण्डारी र पाराग्लाइडिङ टिमले रजतपदक जितेको थियो ।

Share: