Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981 इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन – Lekhanpeeth
काठमान्डौ/इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सोमबार साँझ काठमाडौँमा दीप प्रज्वलन गरिएको छ।लुम्बिनी विश्व शान्ति मञ्चले सोमबार साँझ काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनमा सहभागीहरूले इजरायल र गाजामा शान्तिको कामना गरिएका प्लेकार्ड बोकेका थिए।हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो।