Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चलचित्र ‘भष्मे डन’को ट्रेलर सार्वजनिक – Lekhanpeeth

चलचित्र ‘भष्मे डन’को ट्रेलर सार्वजनिक

Share:

काठमान्डौ/दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो।

 

करिब तीन मिनेटको ट्रेलर फिल्मको मुख्य पात्र भष्मे डन (विपिन कार्की)को वरिपरि घुमेको छ। पहिलो भागको अन्त्यमा पशुपति प्रसादको मृत्यु भएको दृश्य पनि समावेश गरिएको छ।

 

ट्रेलरमा भष्मेले नागरिकताको लागि गर्नुपरेको संघर्ष देखाइएको छ। स्वस्तिमा खड्का र सौगात मल्ल फरक अवतारमा छन्। फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

 

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन र सुवास भुसाल, कृष्ण भारद्वाज र किरण भुसालको संगीतमा बनेको छ।

Share: