
काठमान्डौ/गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैं मोडलिङ पनि गरेकी छन् ।
‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गरेकी छन् ।
सावित्री राउतको शब्दमा सुरेश अधिकारीको संगीत रहेको छ । गीतको भिडिओ किरण थापाले निर्देशन गरेका हुन् । भिडिओमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ, रिया सुन्दास आदिले पनि उपस्थिति देखाएका छन् ।
हेर्नुहोस् भिडिओ: