संघीय संसदका दुई समितिको बैठक बस्दै

163
0
Share:

काठमान्डौ/संघीय संसद अन्तर्गतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

 

पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

 

यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ । दुवै बैठक सिंहदरवारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्दैछ ।

Share: