लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

179
0
Share:

काठमान्डौ/काठमाडौंको गोठाटारमा गोली चलेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।

 

प्रहरीले लागुऔषध कारोबारी भारत पश्चिम बंगालका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

प्रहरीले पक्राउ परेका करिमको साथबाट एउटा पेस्तोल, दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको उनले बताए ।उनका अनुसार प्रहरीले करिमलाई नियन्त्रणमा लिन एक राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले हानेको गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।

Share: