पाइलट झगडा प्रकरण : मन्थली विमानस्थलका प्रमुख निलम्बित

232
0
Share:

काठमान्डौ/विमानस्थलमै दुई पाइलटबीच झगडा हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ ।

 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो ।

 

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएपछि दुई पाइलटबीच हात हालाहालको अवस्था आएको थियो ।

Share: