Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिन्धुली कारागारमा एक जना कैदीको मृत्यु – Lekhanpeeth

सिन्धुली कारागारमा एक जना कैदीको मृत्यु

Share:

काठमान्डौ/जिल्ला कारागार सिन्धुलीमा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० घर भएका ३० वर्षीय विमल थापा रहेका छन् । विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।

 

सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बेहोस अवस्थामा फेला परेका थिए। उनको मृत्युको कारण खुलेको छैन। विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

 

उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: