Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अस्पतालको ल्यापटप चोर्ने असई पक्राउ – Lekhanpeeth

अस्पतालको ल्यापटप चोर्ने असई पक्राउ

Share:

काठमान्डौ/अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एकजना सहायक निरीक्षक (असई) पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढी उपमहानगरपालिका–३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको छ।

 

पक्राउ परेका भण्डारीविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ। दार्चुलामा कार्यरत भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप लागेको छ।

Share: