
काठमान्डौ/विशेष अदालत काठमाडौँका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
विशेष अदालतको नवनियुक्त अध्यक्ष एवं न्यायाधीशमा टेकनारायण कुँवर र सदस्य एवं न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मंसिर ५ मा न्याय परिषद् बैठकले विशेष अदालतका लागि अध्यक्ष र सदस्यहरू तोक्न परामर्श गर्ने निर्णय गरेको थियो।