प्रस्तावित राजदुत र सर्वोच्चका न्यायाधीशविरुद्ध ११ वटा उजुरी

173
0
Share:

काठमान्डौ/पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।

 

संसदीय सुनुवाइ समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदुत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिले जनाएको छ ।

 

बैठकमा समितिका सदस्यहरूलाई सो उजुरी र प्रस्तावित राजदुत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ । पोर्चुगलका लागि प्रस्तावित राजदुत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको उजुरी र कार्ययोजना अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको बताइएको छ ।

 

समितिको बैठक मंसिर २२ गते दिउसो साढे २ बजे बोलाइएको छ ।

Share: