Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त – Lekhanpeeth

संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त

244
0
Share:

काठमान्डौ/पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्।

 

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २ को खण्ड (ढ)तथा राष्ट्रिय सभा नियमावली २०७९ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई संसदको कार्यवाहक महासचिव तोकिएको हो।

 

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन्।

 

Share: