एनएसएल : आज झापा र ललितपुर भिड्दै

151
0
Share:

काठमान्डौ/काठमाडौँमा जारी नेपाल सुपर लिग (एलएसएल) फुटबल प्रतियोगिता अन्तर्गत आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ ।

 

यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । धनगढीले चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले निर्णायक गोल गरे । उनले खेलको सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल साबित भयो ।

 

जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अंक जोडेको छ । यो हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्कसहित अंक तालिकाको सातौँ स्थानमा छ ।

Share: