Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हेलिकप्टरमा चढेर चिवाभञ्ज्याङ पुगे ओली – Lekhanpeeth

हेलिकप्टरमा चढेर चिवाभञ्ज्याङ पुगे ओली

Share:

काठमान्डौ/मध्यपहाडी लोकमार्गकेन्द्रित सङ्कल्प यात्राको अन्तिम दिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर चिवाभञ्याङ पुगेका छन्।

 

यात्राको १८ औँ दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै अध्यक्ष ओलीसहितको टोली चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो। तर बीचको बाटो कच्ची र फोर ह्विल गाडी मात्रै जाने भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको ओलीको निजी सचिवालयले जनाएको छ ।

 

यात्राको अन्तिम दिन झन्डै १०१ किलोमिटर दुरीमा यात्रा गर्ने तयारी थियो। गाडीबाट छिचोल्न नसकेपछि ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकप्टर प्रयोग गरेका हुन्।

 

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा आइतबार चिवाभञ्ज्याङ पुगेर सकिएको छ। अध्यक्ष ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेका छन्।

Share: