Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रियसभा चुनावका लागि १२ राजनीतिक दलले पाए चुनाव चिह्न – Lekhanpeeth

राष्ट्रियसभा चुनावका लागि १२ राजनीतिक दलले पाए चुनाव चिह्न

Share:

काठमान्डौ/निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको आयोगले जानकारी दिएको हो ।

 

माघ ११ गते हुँदै गरेको राष्ट्रिय सभाको निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको आयोगले जनाएको छ।

 

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।

 

Share: