विद्यालयमा डीआई नराख्न काठमाडौं महानगरको निर्देशन

231
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई)नराख्न निर्देशन दिएको छ ।

 

शुक्रवार महानगरले एक निर्देशन जारी गर्दै डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न निर्देशन दिएको हो ।

 

केहि विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज ९डीआई० राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न गरेको छ । विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

 

विगतमा विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिन्थ्यो । डीआईले अनुशासनको नाममा विद्यार्थीहरूलाई कडाइ गर्ने, मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पाइएको छ ।

Share: