Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सहकारी र ग्यालेक्सी टिभी विवादमा रविको प्रश्न : छोडिसकेको कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र ? – Lekhanpeeth

सहकारी र ग्यालेक्सी टिभी विवादमा रविको प्रश्न : छोडिसकेको कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र ?

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएर लगातार समाचार आएपछि सामाजिक सञ्जालबाट जवाफ दिएका छन्।कान्तिपुर दैनिकमा हिजो प्रकाशित समाचारमा ग्यालेक्सी टीभीसँग सम्बन्धित पुरानो कागजात प्रकाशित गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।

 

समाचारमा आफूलाई अझै पनि ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भ्रम छर्न खोजिएको उनको भनाइ छ। ‘भ्रमलाई सत्यका रूपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो ९२०७८र६/२३० को विवरण राखेको रहेछ। त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतवश लुकायो म भन्न त सक्दिन१ पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन,’ रविले लेखेका छन्।

 

ग्यालेक्सी टीभी छोड्ने बेलामा आफूलाई निस्शुल्क दिएको सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको रविले स्मरण गराएका छन्। ‘मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रूपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ, मैले बुझ्न सकेको छैन,’ उनी लेख्न्छन्, ‘कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रूपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र?’

 

आफूले गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीमा दोस्रो वरीयतामा रहेर समाचार सामग्रीको मात्र नेतृत्व गरेको उनको भनाइ छ। सहकारीले आफ्ना सदस्यबाहेक कुनै संस्थालाई ऋण दिनु कानून विपरीत रहेको र कानून उल्लंघन गरे सहकारी विभागले सम्बन्धित सहकारीलाई कारबाही गर्ने कानूनी व्यवस्था रहेको रविले उल्लेख गरेका छन्।

 

तर, आफूलाई कम्पनीका प्रमुख जीवी राईले सहकारीबाट ऋण लिएको विषयमा जानकारी नै नगराएको उनको भनाइ छ। ग्यालेक्सीले कुनै सहकारीबाट अवैधानिक रूपमा ऋण लिएबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुने भए भोग्न तयार रहेको पनि रविले बताएका छन्। ‘विद्यमान कानून मलाई कारबाही गर्न अपर्याप्त छ भने संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुन्छ’ उनले लेखेका छन् ।

Share: