जिल्ला अदालत काठमान्डौबाट हतकडीसहित भागेका थुनुवा जडीबुटीमा पक्राउ

Share:

काठमान्डौ/जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित भागेका थुनुवा पक्राउ परेका छन् । बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित भागेका थिए ।

 

उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए । डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज वृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो ।

 

 

Share: