Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधान सेनापति र श्रीलङ्काका राजदूतबीच भेट – Lekhanpeeth

प्रधान सेनापति र श्रीलङ्काका राजदूतबीच भेट

425
0
Share:

काठमान्डौ/प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

 

त्यस अवसरमा नेपाल-श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।

Share: