भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले समितिलाई जानकारी गराउने

130
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएको सम्झौताका विषयमा प्रष्ट पार्ने भएका छन् ।

 

कानुन, न्याय तथा मानव अधिकार समितिको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताका विषयमा समितिसमक्ष जानकारी दिने भएका हुन् ।

 

बैठक बिहान ११ बजे बस्नेछ ।

Share: