बुधबार कति छ सुनको मूल्य ?

Share:

काठमान्डौ/नेपाली बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको थियो । बुधबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो ।

 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँका कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

बुधबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: