Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव – Lekhanpeeth

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

333
0
Share:

काठमान्डौ/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ ।

 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएका हुन् । उनले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीहरूको गुणस्तर खस्किने बताए ।

 

उनले एसइइ हटाउँदा विद्यार्थीहरूले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताए । कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरूको उत्तीर्ण हुने दर घट्ने उनको भनाइ छ ।

 

उनले भने, ‘नेपालमा कुनै रिसर्च बिना त्यत्तिकै १० कक्षाको परीक्षा हटाइदिउँ भनेर कसरी भन्न सकियो ? विधेयक बनाउने प्रक्रियामा यो प्रश्न मैले गर्न चाहेँ । एसइइ हटाएपछि फेरि नयाँ विद्यार्थीहरूले परीक्षा राम्रो गर्छन् भन्ने विश्वास मलाई छैन । म राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको हैसियतले यो कुरा भन्छु कि हामीले कक्षा ८ पछि एकैचोटी १२ को मात्रै बोर्ड परीक्षा लिने हो भने कक्षा १० देखि १२ सम्म अहिले ५० प्रतिशत विद्यार्थी पास भएका छन् । भोलि यदि हामीले १० कक्षामा परीक्षा लिएनौँ भने ती ५० प्रतिशत पास हुने विद्यार्थी २०/३० प्रतिशतमा झर्छन् ।

 

झन् १२ कक्षामा गइसकेपछि ती विद्यार्थीहरूको मनोविज्ञान ? अहिले त कक्षा १० मा फेल भएपनि उनीहरू पढ्छन् अझै । किनभने उमेरको कारणले । तर १२ मा फेल भएभने विद्यार्थी फेरि भर्ना भएर पढ्दैनन् । यो मनोवैज्ञानिक कुरा पनि हेर्नुपर्छ । मेरो कुरा के छ भने कक्षा १० को परीक्षा आवश्यक छ । तर कक्षा १० को केन्द्रले गर्न आवश्यक छैन । प्रादेशिक रूपमा गर्ने । प्रदेशले त्यो सबै कुराहरू गर्ने । तर गुणस्तर मापनको कुरा कायम गर्न आवश्यक छ ।’

Share: