सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/नेपाली बजारमा छापावाला सुनको भाउ वृद्धि भएको छ । छापावाला सुनको भाउ आज तीन सयले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन बिहीबार प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

 

शुक्रबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

Share: