यस्ता छन् सुन्तला खानुका फाइदाहरु

230
0
Share:

काठमान्डौ/सन्तलाको नाम लिने बित्तिकै तपाईको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ ।

 

यस्तो छ सुन्तलाको फाइदा:

 

उच्च रक्तचाप नियन्त्रण गर्न

 

सुन्तला सेवन गर्नदा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पु¥याउँछ । सुन्तलामा हुने हेस्परिडिन भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला निकै फाइदाजनक छ ।

 

रोग प्रतिरोधात्मक क्षमता बढाउन

 

सुन्तलामा प्रसस्त मात्रालमा भिटामिन सी पाइन्छ । भिटामिन सी प्रसस्त भएको सुन्तलाले तपाईमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईलाई रोगहरु लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ ।

 

छालाको सुन्दरता बढाउँछ

 

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ । त्यसैले तपाईको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ ।

 

मुटुलाई स्वस्थ राख्छ

 

सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ ।

 

क्यान्सरको जोखिम कम गर्छ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ ।

 

आँखाको दृष्टिलाई फाइदा

 

सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले आँखा स्वास्थ्यका लागि पनि नियमित सुन्तला खानुस् ।

 

कब्जियतबाट बचाउँछ

 

सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिदैन । त्यस्तै सुन्तलामा हुने रेशायुक्त पपदार्थले तपाईका् पाचन प्रणाली समेत राम्रो बनाउँछ ।

Share: