‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?

154
0
Share:

काठमान्डौ/’भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ। आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ।

 

ग्राण्ड फिनालेमा चार जना फाइनलिस्ट उपाधिको लागि भिड्दै छन्। विनोद राई, नोगेन लिम्बू, मकरबहादुर योञ्जन र कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दैछन्।

 

विनोद राई कोच मिलन नेवारको समूहबाट रहेका छन् भने कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू रहेका छन्। त्यस्तै कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राई रहेका छन्।

 

यीमध्ये धेरै भोट प्राप्त गर्ने एकजना विजेता बन्ने छन्।

Share: