Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु – Lekhanpeeth

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

Share:

काठमान्डौ/बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मधुवन नगरपालिका–४, वसन्ता भुल्लनचोककी ८७ वर्षीया चिन्की थरुनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आइतबार बिहान करिब ३ बजे आफ्नै घरको बरन्डामा आगो ताप्ने क्रममा उनको मृत्यु भएको हो । उनले लगाएको कपडाबाट शरीरमा आगो सल्किएको थियो ।

 

घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

Share: