Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कति छ आइतबार सुनचाँदीको मूल्य ? – Lekhanpeeth

कति छ आइतबार सुनचाँदीको मूल्य ?

Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । शुक्रबार ५०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ४०० रुपैयाँले बढेको हो ।

 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

 

आइतबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

Share: