पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

216
0
Share:

काठमान्डौ/उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

 

न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

 

योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

 

कोषको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो।

 

 

Share: