बुधबार सुन-चाँदीको मुल्य कति ?

Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको छ ।

Share: