कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा

131
0
Share:

काठमान्डौ/घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति प्यालेस्टाइनविरुद्ध २-१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

 

कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा कतारले बराबरी गरेको थियो । कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

 

प्यालेस्टाइनका मोहम्मद सालेहले एल्मोएज अलीलाई फल गरेपछि कतारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अकरम अफीफले ४९ औं मिनेटमा गोल गरेपछि कतारले २-१ गोलको अग्रता बनाएको थियो ।

 

त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा अन्ततः कतार नै २-१ गोलको जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो ।

Tagssports
Share: