Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बुवाको हत्या आरोपमा छोरा पक्राउ – Lekhanpeeth

बुवाको हत्या आरोपमा छोरा पक्राउ

Share:

काठमान्डौ/सुनसरीमा एक व्यक्तिको हत्या आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८, गणेशपुर रिसिदेव टोलका २१ वर्षीय चिबु रिसिदेव छन् ।

 

आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा सोमबार साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार, घरायसी लेनदेनको विषयका क्रममा चिबुले यही माघ ११ गते दिउँसो कुटपिट गर्दा चिकचिलिया गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

चिबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Share: