Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ – Lekhanpeeth

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

204
0
Share:

काठमान्डौ/केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ ।

 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की) लाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिए ।

 

उनका अनुसार साबिक पुनरावेदन अदालत पाटनको विसं २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहका जग्गा धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैङ्किङ कसुर मुद्दामा तीन वर्ष कैद तथा रु चार करोड जरिवानाको फैसला अदालतले गरेको थियो । निजलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआईबीका प्रवक्ता अधिकारीले बताए ।

Share: